सञ्चारकर्मी हरिशरण लामिछानेले इच्छुक स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनेको घोषणा गरेका छन्।
भाइ रविलाई उछिनेर हरिशरणले एकदिन अगाडि स्वतन्त्रको अलाइन्स घोषणा गरेपछि त्यसको चर्चा पाएको छ।
रवि लामिछानेले पनि राजनीतिमा आउने घोषणा गर्दा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाहरूसँग पनि कुरा गरिरहेको र सबैलाई लिएर अघि बढ्ने बताएका थिए।
हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौं-३ बाट, रन्जु दर्शना काठमाडौं-५, पुकार बम काठमाडौं-१ र सुमन सायमी काठमाडौं-८ बाट चुनाव लड्ने घोषणा गरेका छन्।
उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन्। विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन्।
Discussion about this post