Skip to main content

Khabar Samachar

Search
Close this search box.

हरिशरण लामिछानेले घोषणा गरे स्वतन्त्रहरूको अलाइन्स

230
VIEWS

सञ्चारकर्मी हरिशरण लामिछानेले इच्छुक स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनेको घोषणा गरेका छन्।

भाइ रविलाई उछिनेर हरिशरणले एकदिन अगाडि स्वतन्त्रको अलाइन्स घोषणा गरेपछि त्यसको चर्चा पाएको छ।

रवि लामिछानेले पनि राजनीतिमा आउने घोषणा गर्दा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाहरूसँग पनि कुरा गरिरहेको र सबैलाई लिएर अघि बढ्ने बताएका थिए।

हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौं-३ बाट, रन्जु दर्शना काठमाडौं-५, पुकार बम काठमाडौं-१ र सुमन सायमी काठमाडौं-८ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन्। विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित