Skip to main content

Khabar Samachar

Search
Close this search box.

गोली लागेका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन

218
VIEWS

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि भएको घातक हमलापछि उनको मृत्यु भएको छ । जापानको सरकारी मिडिया एनएचकेले निधनको पुष्टि गरेको छ । यसअघि प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ बताएका थिए ।

आक्रमणकारीको उद्देश्य खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए । यसअघि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका थिए । किशिदाले भनेका थिए, ‘म हृदयदेखि नै आबेको स्वास्थ्य लाभको कामना गरिरहेको छु । म यस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान हुँदैन ।’

राजधानी टोकियोमा भावनात्मक भाषणका क्रममा फुमियो किशिदाले भने, ‘चुनाव चलिरहेको छ । यसलाई लोकतन्त्रको आधारशीला भनिन्छ र यस्तो समयमा यो घटना भएको छ । यो बर्बर र दुर्भावनापूर्ण छ र यसलाई सहन सकिँदैन । हामीले जे जति गर्न सक्छौँ, त्यो गर्नेछौँ र यो हमलाको विरोध गर्नका लागि जति पनि कडा शब्द छन्, म ती प्रयोग गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित