Khabar Samachar

Search
Close this search box.

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद, दुई लाख जरिवाना

219
VIEWS

राउटे समुदायकी युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सुर्खेत जिल्ला अदालतले दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

उनीहरूले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । त्यस्तै होटल सञ्चालक मनबहादुर पुनलाई पनि ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ । उनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए ।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो ।

ती युवाहरुले राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाएका थिए । भिडियो भाइरल भएपछि प्रहरीले तीनैजनालाई २०७८ जेठ २३ गते प्रक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित