Khabar Samachar

Search
Close this search box.

चुनावमा तालमेलको बाहानामा सिट सुरक्षित नभए विद्रोह हुन्छ : मोहन बस्नेत

272
VIEWS

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले आगामी निर्वाचनमा आफ्नो सिट सुरक्षित हुनेगरी गठबन्धन हुनुपर्ने बताएका छन् । उनले तालमेल गर्दा आफ्नो सिट सुरक्षित नभए विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले गठबन्धनको नाममा आफूहरुको चुनावी क्षेत्र खोसिन नहुने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको एक नेताले जानकारी दिए ।

सिन्धुपाल्चोकमा बस्नेतको निर्वाचन क्षेत्र र सभामुख अग्नि सापकोटाको निर्वाचन क्षेत्र एकै रहेको छ । गठबन्धन हुँदा सापकोटाका लागि सो सिट पार्टीले छाड्न सक्ने खतरा भएकाले उनले अहिले नै विद्रोहको चेतावनी दिएका हुन् ।अघिल्लो निर्वाचनमा सापकोटासँग पराजित भएका उनले यो निर्वाचनमा आफूले सिट नपाउन सक्ने संकेत गर्दै गठबन्धन भएपनि आफूले चुनाव लड्न टिकट पाउनुपर्ने माग राखेका हुन् । अन्यथा गठबन्धन हुन नहुने धारणा उनले राखेका बताइएको छ।  गएको स्थानीय तह निर्वाचनमा समेत बस्नेत सिन्धुपाल्चोकमा गठबन्धन भत्काउन लागिपरेका थिए । 

सिन्धुपाल्चोकमा गत स्थानीय चुनावमा जुगल गाउँपालिकामा कांग्रेसले माओवादीसँग गठबन्धन गरेको थियो भने मेलम्चीमा राप्रपासँग गठबन्धन गरेर जितेको थियो । अन्यत्र एक्लै जितेको कांग्रेसले जिससमा नेकपा एससँग मिलेर जितेको छ ।

यस्तै भोजपुरका नेता रमेशजंग रायमाझीले पनि मोहनलाई समर्थन जनाउँदै आफूहरुको सिट सुरक्षित हुनुपर्ने धारणा राखेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित