Khabar Samachar

बागमती सभ्यताका कर्मचारीलाई कुटेको आरोपमा ‘सुन मुन्द्रे’ पक्राउ

228
VIEWS

ज्यान मार्ने उद्योगमा ‘सुन मुन्द्रे’ भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

धनकुटा पाख्रिबास घर भई गोकर्णेश्वर नगरपालिका-६ बस्ने ४८ वर्षीय सुन मुन्द्रे भनिने सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो।

उनले गत सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै एक व्यक्तिमाथि कुटपिट गरेका थिए।

बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठमाथि उनले कुटपिट गरेको आरोप छ। उनी फोहोरको अनुगमन गर्न गएका थिए।

घिसिङ गोकर्णेश्वरको फोहोर उठाउने ठेकेदार समेत हुन्। उनले फोहोर उठाएर बागमती किनारमा लगेर थुपार्ने गरेका थिए।

स्थानीयले पटक-पटक गुनासो गरेपछि प्रहरी वृत्त बौद्धले पनि घिसिङलाई बोलाएर त्यहाँ फोहोर नराख्न पनि भनेको थियो। त्यसरी राखेको गुनासोपछि समितिका कर्मचारी श्रेष्ठ पनि अनुगमनका लागि गएका थिए।

त्यसक्रममा उनले फोटो-भिडिओ समेत खिचेका थिए। त्यसरी खिचेपछि उनले श्रेष्ठको टाउकोमा मुक्काले हिर्काएका थिए।

मुक्काले हिर्काएपछि श्रेष्ठ घाइते बनेका छन्। उनको नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ।

घिसिङ युट्युबमा पनि चर्चित छन्। उनले शरीरमा धेरै सुनका गहना लगाउने भएर उनलाई सुन मुन्द्रे भनेर चिनिन्छ।

अहिले उनीमाथि प्रहरीले मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १२ को देहाय १८३ को ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको बताएको छ।

प्रहरी वृत्त, बौद्धले उनलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्न अनुमति पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित