Khabar Samachar

पार्टी फुटाउन खोजेपछि बाबुराम भट्टराईलाई निस्कासित : उपेन्द्र यादव

220
VIEWS

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी फुटाउन खोजेकाले कारबाही गरिएको बताएका छन्।

काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए ।

बुधबार वीरगन्जमा बसेको जसपा केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा. भट्टराईसहित नौ जना नेतालाई कारबाही गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान वीरगन्जमै आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टीको हितविपरीत गतिविधि गरेकाले डा. भट्टराईसहित ९ नेतालाई कारबाही गरिएको बताएका हुन्।

‘उहाँ (बाबुराम भट्टराई) ले पार्टी विभाजन गर्ने गरी षड्यन्त्र गर्नुभयो’, अध्यक्ष यादवले भने, ‘त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो।’

सच्चिएर आए भट्टराईलाई पार्टीमा राख्ने अन्यथा पार्टीमा नफर्काउने अध्यक्ष यादवले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित