प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो । शुक्रबार सकिएको सुनुवाइपछि एआईजीपी विश्वराज पोखरेल र अवकाशमा गइसकेका तीन डीआईजीको पनि रिट खारेजको निर्णय लिएको हो। पोखरेलसहित अवकाशमा गएका तीन डीआईजीको पनि रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रहरी महानिरीक्षकमा धीरज प्रताप सिंहको नियुक्तिमा उठाइएका सबै प्रश्नको पनि औचित्य सकिएको छ।
Discussion about this post