Khabar Samachar

नुवाकोट कांग्रेसका क्षेत्रीय सभापति पौडेलमाथि चुनावमा टिकट बेचेको आरोप

207
VIEWS

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (ख) कार्यसमितिका सभापतिमाथि स्थानीय चुनावमा टिकट बिक्री गरेको आरोप लागेको छ।

गाउँपालिका कार्यसमितिका सभापति शंकरबहादुर प्याकुरेलको अध्यक्षतामा दुई दिनअघि बसेको बैठकले सभापति पौडेलमाथि गत वैशाख ३० को निर्वाचनमा टिकट बेचेको आरोप लगाएको हो।

क्षेत्रीय सभापति पौडेलले आर्थिक लेनदेनमा टिकट दिएको, पार्टी विधानविपरीत बैठकहरू राख्ने गरेको आरोप छ। सभापति पौडेलमाथि छानिबन गर्न प्रदेश, जिल्ला र केन्द्रीय कार्यालयमा पनि उनीहरूले पत्र पठाएर माग गर्ने निर्णय गरेका छन्।

नुवाकोट कांग्रेसले सूर्यगढी पार्टी कार्यसमितिको निर्णय केन्द्रीय प्रवक्ता प्रकाशशरण महत, नेताहरू रामशरण महत र अर्जुननरसिंह केसी लगायतलाई पनि बुझाएका छन्।

साथै उनीहरूले सूर्यगढी पार्टी उपसभापति कालु गुरूङ तामाङलाई अनुशासनको कारबाही गर्न पनि माग गरेका छन्। तामाङले आफ्नो अध्यक्षतामा बैठक राखेर विधानविपरीत कार्य गरेको आरोप छ।

गाउँपालिका कार्यसमिति बैठकले गाउँपालिका अध्यक्षमा निर्वाचित सन्तबहादुर घलेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि माथिल्लो तहका कार्यसमितिलाई पत्राचार गर्ने पनि निर्णय गरेको छ।

माइन्युटमा घलेको साधारण सदस्यता खारेज गरेर निर्वाचन आयोग नियमावलीअनुसार गाउँपालिका अध्यक्ष पद खारेजका लागि प्रक्रिया अघि बढाउन जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई पत्र पठाउने निर्णय गरिएको छ।

उनीमाथि गाउँपालिका कार्यसमितिले अध्यक्षमा निर्वाचित भएपछि पदीय दुरुपयोग गरेर पार्टीमा विखण्डन ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको, वडा सभापति, वडाध्यक्ष र वडा सदस्यलाई आर्थिक प्रलोभन देखाएर विधान विपरित काम गरेको आरोप लगाएको छ।

बैठकले गाउँपालिका कार्यसमितिका उपसभापति कालु तामाङले आफ्नो अध्यक्षतामा बैठक डाकेर विधानविपरीत कामहरु गरेको दाबी गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि माथिल्लो तहहरुमा सिफारिस गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित