Khabar Samachar

Search
Close this search box.

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

205
VIEWS

अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सी र जुलियान अल्भारेजले १/१ गोल गरे।

 

खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।

यद्यपि ७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोलमा  अष्ट्रेलियाले एक गोल उपहार पाएको थियो।  यससँगै खेल २–१ को अवस्थामा पुगेको हो।

यसअघि २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यतिबेला फ्रान्ससँग ४–३ गोल अन्तरमा पराजित भएको थियो।

२०१४ मा फाइनलमा पुगे पनि जर्मनीसँग पराजित भएको थियो। २०१० र २००६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। २००२ मा भने समूह चरणबाटै बाहिरिएको थियो।

१९७८ र १९८६ मा उपाधि जितेका अर्जेन्टिनाले त्यसपछि उपाधि थप्न सकेको छैन।

अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्ससँग भिड्ने छ। यसअघि २०१४ मा नेदरल्याण्ड्ससँग सेमिफाइनलमा भेट भएका थिए। टाइब्रेकरमा नेदरल्याण्ड पराजित भएको थियो। नेदरल्याण्ड्स अमेरिकालाई पराजित गर्दै क्वर्टरफाइनलमा प्रवेश गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित