Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौंमा चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

215
VIEWS

काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। लैनचौरबाट तीन चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ नेपाली पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। बुधबार राति ती चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएको आरोप छ।

तीन चिनियाँ नागरिकको ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटेको प्रहरीको दाबी छ। उनीहरुले एक करोड रुपैयाँ फिरौती समेत माग गरेका थिए।

परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित