Khabar Samachar

Search
Close this search box.

सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक बस्दै

208
VIEWS

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ।

निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन । कार्यदलको यही साउयन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डका अनुसार दलहरूबीच सिठबाँडफाँड हुनेछ ।

कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको दोस्रो बैठक बस्न लागेको हो ।

सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

गठबन्धनले यसअघि सिट संख्या बाँडफाँट मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई/दुई जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्। यस्तै, नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् । जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित