चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट

214
VIEWS

चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

बोर्डको अध्यक्ष हुनका लागि उनको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेश पौडेल लगायतले रिट दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

पौडेलका अनुसार उक्त रिटको पेसी साउन ३० गतेलाई तोकिएको छ।

साउन ९ गतेको मन्त्रिपरिषदले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

यौन दुर्व्यवहारको आरोप लागेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्ति विवादित भएको थियो।

दुई वर्षअघि अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

शाहले लगाएका आरोपले आफ्नो मानहानी भएको भन्दै केसीले १० करोड क्षतिपूर्ति माग जिल्ला अदालतमा मुद्दा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित