काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुन सबैलाई लाग्ने र बराबरी हुने भन्दै जिल्ला अदालतलाई आफूले समय दिएको बताएका छन्।
बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।
‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,’ अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरुलाई उनले भने, ‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’नक्सा पास भएको अभिलेख पठाउनका लागि पत्र लेखेको छ। अदालत भवनको नक्सा पास नभेटिएकाले सो को प्रमाण पठाउन महानगरले जिल्ला अदालतलाई पत्र लेखेको हो।
महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार हप्तादिन अघि नै अदालतलाई अभिलेख उपलब्ध गराउन पत्र पठाइएको हो।बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।
नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन्।
अदालतले सो को अभिलेख नपठाए कानुन अनुसार कारबाही गर्ने शाक्यले जानकारी दिए।
Discussion about this post