Khabar Samachar

प्रदेश सांसदसहित ७ जना केन्द्रीय सदस्यले दिए विवेकशील साझाबाट राजिनामा

209
VIEWS

बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठसहित विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रूपमा राजीनामा दिएका छन्। बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्य लक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धरले राजीनामा दिएका हुन्।

पार्टीभित्र पद्धति, पारदर्शीता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको आरोप लगाउँदै उनीहरुले पार्टी परित्याग गरेका हुन्।

पार्टीमा सुसंस्कृत, सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभास भएपछि आफूहरुले पार्टीको केन्द्रीय समिति सदस्य नरहने गरी राजीनामा दिने निर्णय गरेको उनीहरुले बताएका छन्।

२०७४ सालको संघीय र प्रादेशिक निर्वाचनमा प्राप्त जनमतको सम्मान गरेर आम नागरिकहरूको समस्याहरूलाई सम्बोधन गर्दै सङ्गठन विस्तार गर्नुभन्दा पनि आन्तरिक कलहमा फस्दै गएको उनीहरुको आरोप छ। राजीनामा दिने मध्येका एक सस्मित पोखरेलले आफूहरु विवेकशिल साझाबाट अलग भएको बताए। मर्हजनले काठमाडौं क्षेत्र नम्वर ८ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।

स्थानीय तहको चुनावमा विवेकशील साझाले नराम्रो पराजय भोगेपछि रवीन्द्र मिश्रले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए। केही दिन अगाडि मात्रै समीक्षा बास्कोटालाई पार्टी अध्यक्ष भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित