Skip to main content

Khabar Samachar

Search
Close this search box.

क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

208
VIEWS

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

एक किशोरीले सन्दीपविरुद्ध यौनजन्य कसुरमा जाहेरी दिएको र अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए। सन्दीप हाल क्यारेबियन प्रिमियिर लिग क्रिकेट खेल्न विदेशमा छन्।

एक किशोरीले सन्दीपविरुद्ध जजक कसूरमा प्रहरी बृत्त गौशालामा जाहेरी दरखास्त हालेकी हुन् । लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका बिभिन्न स्थानहरुमा घुमाएर काठमाडौंको एक होटलको कोठामा ल्याइ ६ गते जबर्जस्ती सम्बन्ध राखेको उनको दावी छ ।

काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए। उनकाअनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।

त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको ती अधिकारीले बताए। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित