Khabar Samachar

सन्दीप लामिछानेले २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

212
VIEWS

नाबालिग बलात्कार आरोपपछि ‘सम्पर्कविहीन’ भएका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते नेपाल आउने भएका छन्।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै आफू अक्टोबर ६ (असोज २०) गते नेपाल आउन लागेको जानकारी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् ।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।

Sandeep Lamichhane

With great hope and strength, I hereby confirm that I am reaching to my home country Nepal on this 6th October 2022 and will submit myself to the authority of Nepal to fight a legal battle against false allegation.

I hereby reiterate that I am INNOCENT and I have complete non-shaken faith in justice system. I firmly believe over all the law enforcement authorities and honorable courts on their fair trial and adjudication and I am just hopeful to get justice at the earliest.
My dear well wishers I assure you all that I am innocent and I have not wronged you. I have recovered from unpleasant situation I went through and I have prepared myself to go through this ordeal to prove myself innocent and victim of conspiracy. I am sure all wrongful allegation charged against me will be unfolded by the span of time.🙏

उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् ।  एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित