Khabar Samachar

गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिए

208
VIEWS

गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् ।

उनीहरुले फूलपातीको अवसर पारेर विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य मात्रै सहभागी थिए ।

उनीहरुले भदौ २६ गते इन्गेजमेन्ट गरेका थिए ।

भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको हो ।

कमलसँग गाएको ‘फिका फिका’ बोलको गीत हिट भएपछि मेलिना चर्चामा आएकी थिइन् । त्यति बेलादेखि नै उनीहरू नजिकिएका थिए ।

खत्रीले आफ्नो विवाहको भिडिओ समेत सार्वजनिक गरेका छन् ।

खत्रीले सामाजिक सञ्जाल मार्फत आफ्नो विवाह भएको जानकारी दिँदै यस्तो लेखेका छन्,
केहि हप्ता पहिले इन्गेजमेन्ट गरेका हामी दुवै जना आज बाट वैवाहिक बन्धनमा बाँधिएका छौ । घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले विवाह गरेका हौ,बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जीवनको सुरुवात गरेका छौ। जीवनको हरेक उतारचढावमा सदैव एक अर्काको साथमा रहने बाचा गर्दै हामीले रीतिरिवाज अनुसार विवाह गरेका छौ । र सबैमा विजया दशमी शुभकामना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित