Khabar Samachar

सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ बस्दै, मंगलबार नै अन्तिम टुंगो लगाउने तयारी

201
VIEWS

सिट बाँडफाँटको सकस व्यहोरिरहेको सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ। मंगलबारको बैठकलाई ‘निर्णायक बैठक’ भनिएको छ।

आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ ।हिजो अन्तिम समय सम्म सहमति नभएपछि आज सहमति गर्ने गरि हिजोको बैठक सकिएको थियो । आज हस्ताक्षर नै गर्ने गरि हिजोको बैठक सकिएको एक नेताले बताए ।

गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि आजै सहमति गरि हस्ताक्षर हुन सक्ने बताइन् ।
‘आज सहमति हुन सक्छ । आज हस्ताक्षर गर्ने गरि सहमति गर्ने कुरा भएको छ’ उनले नेपाल प्रेसलाई भनिन्, ‘अब सहमतिको अन्तिम चरणमा छौँ ।’

केही स्थानमा अझै पनि दुई पक्षीय र त्रिपक्षीय दाबी रहेको छ । त्यस्ता क्षेत्रमा जुन जुन पार्टीको दाबी छ त्यो दलको शीर्ष नेताले टुङ्गाउने कुरा भएको गठबन्धनका नेताहरू बताउँछन् ।

सिट बाँडफाँडमा अहिले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी केही रुष्ट छन् । हिजो अबेर सम्म कांग्रेस र जसपा छलफलमा बसिरहेका थिए । अहिले सम्म नेपाली कांग्रेसले ८५ माओवादी केन्द्रले ४४ नेकपा एकीकृत समाजवादीको १५, ,जसपाको १३ र जनमोर्चाले २ क्षेत्र पाउनेमा छलफल भइरहेको छ ।

‘यो क्षेत्र केही हेरफेर हुन सक्छ तर, यहि सेरोफेरोमा सहमति हुन्छ’ गठबन्धनका एक नेताले भने, ‘समय थोरै छ । आजै सहमति गर्ने बिषयमा छलफल भइरहेको छ ।’सिट बाँडफाँटका लागि सत्तारूढ गठबन्धनले गत साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएपनि अहिलेसम्म टुंगो लागेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित