Khabar Samachar

कैलाली-५ मा कांग्रेसका पूर्वसांसद पुष्करनाथ ओझाद्वारा स्वतन्त्र उठ्ने घोषणा

201
VIEWS

कैलाली–५ बाट प्रतिनिधि सभामा पुष्करनाथ ओझाले उम्मेदवारी दिने भएका छन्। यसअघि कांग्रेसबाट उक्त क्षेत्र जितिसकेका ओझाले यसपल्ट स्वतन्त्र उम्मेदवारी दिने भएका हुन्।

शुक्रबार एक होटलमा निकटहरूसँग छलफल गर्दै प्रतिनिधि सभामा उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्। यसअघि उक्त क्षेत्रबाट कांग्रेस नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा चुनाव लडेकी थिइन्। तत्कालीन वाम गठबन्धनका नारदमुनि रानाले चुनाव जितेका थिए।

यसपल्ट राणालाई नै सर्वसम्मत सिफारिस गरिए पनि उनी समानुपातिकमा सुरक्षित भएकी छिन्। ओझाले कैलाली- ५ मा पर्यटक उम्मेदवार हाबी हुँदै गएको भन्दै स्वतन्त्र रूपमा उम्मेदवार बन्ने बताए।

‘म यस निर्वाचन क्षेत्रका लागि सर्वदलीय उम्मेदवार हुँ। कुनै दलमा म नभए पनि यहाँको जनता मेरो पक्षमा छन्,’ उनले भने, ‘पर्यटक उम्मेदवारलाई विस्थापन गर्न र यसै क्षेत्रकालाई पार्टीले उम्मेदवार बनाउनुपर्छ भन्ने सन्देश दिन जरूरी छ।’

२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि रुष्ट बनेका थिए। आरजु नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो।

कांग्रेसको साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेका उनलाई स्थानीय तहको निर्वाचनमा फर्काउने तयारी गरिएको थियो। तर, धनगढी उपमहानगरपालिकामा गोपी हमाललाई सघाएका उनी फर्किएनन्।

उनका निकटका अनुसार प्रदेश सभामा पनि स्वतन्त्र उम्मेदवार खडा गर्ने तयारीमा छन्। अहिलेसम्म कैलाली क्षेत्र नम्बर ५ (ख) मा कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाएका छैन।

कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा डिल्लीराज पन्त, प्रदेश ख मा देउवाका भतिज प्रकाश देउवालाई उम्मेदवार बनाउने स्रोतको भनाइ छ। यस्तै एमालेबाट प्रतिनिधिमा नारदमुनि राना र प्रदेश २ मा दुर्गा जोशी उम्मेदवार बन्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित