Khabar Samachar

खोटाङमा दुई समुहको उम्मेदवारी , कांग्रेसले आफ्नै प्रदेश महामन्त्रीविरुद्ध पनि उम्मेदवारी दियो

212
VIEWS

खोटाङमा कांग्रेस र गठबन्धन दुई समुहको उम्मेदवारी दर्ता परेको छ । कांग्रेसले आफ्नै प्रदेश महामन्त्रीविरुद्ध पनि उम्मेदवारी दिएको छ ।

सत्ता गठबन्धन र पार्टी केन्द्रको निर्णयविपरीत नेपाली कांग्रेस खोटाङले उम्मेदवारी दर्ता गराउने भएको छ। असन्तुष्ट जिल्ला नेताहरुको केहीबेर पहिले दिक्तेलमा सम्पन्न बैठकले गठबन्धनको निर्णयविपरीत उम्मेदवार उठाएको हो।

अहिले कांग्रेसका नेताहरु छुट्टै उम्मेदवारी दर्ता गराउन जिल्ला निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदैछन्।

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको खोटाङमा कांग्रेसले पूर्वराज्यमन्त्री सर्वधन राईलाई उम्मेदवार बनाउने भएको छ। यस्तै पूर्व जिल्ला सभापति सुवासकुमार पोखरेल प्रदेश क मा र पूर्व उपसभापति धर्मराज पोखरेललाई प्रदेश ख मा उम्म्ेदवार बनाउने निर्णय भएका कांग्रेस जिल्ला पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए।

यसअघि स्थानीय तहमा मेयरको टिकट पाएका धर्मराज पोखरेलको टिकट खोसिएको थियो। टिकट लिएर जिल्लामा पुग्दा उनलाई कुटपिट गर्दै टिकट खोसिएको थियो। तर अहिले आफ्नै आधिकारिक उम्मेदवारविरुद्ध पोखरेललाई अघि सार्ने निर्णय भएको छ।

गठबन्धनमा कांग्रेसले खोटाङमा प्रदेश ख मा मात्रै टिकट पाएको थियो। जसमा प्रदेश १ का कांग्रेस महामन्त्री भूपेन्द्र राईलाई टिकट दिएको छ। राईले यसअघि गठबन्धनसहित पुगेर उम्मेदवारी दर्ता गराइसकेका छन्। गठबन्धनबाट प्रतिनिधि सभामा माओवादीका रामकुमार राई, प्रदेश क मा एकीकृत समाजवादीका बीरबलकाजी राई र प्रदेश ख मा भूपेन्द्रले उम्मेदवारी दिएका हुन्।

तर जिल्लाका कांग्रेस नेताहरु छुट्टै नाराजुलुससहित निर्वाचन कार्यालयतर्फ उम्मेदवारी दिन जाँदै छन्।

यस्तै नेकपा एमालेले पनि उम्मेदवारी दिइसकेको छ। एमालेबाट प्रतिनिधिसभामा विशाल भट्टराई, प्रदेश क मा पाँचकर्ण राई र प्रदेश ख मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित