Khabar Samachar

काठमाडौं १० मा गठबन्धनविरुद्ध तीनै सीटमा माओवादी उम्मेदवार

215
VIEWS

सत्ता गठबन्धनमा काठमाडौंका प्रतिनिधिसभाका ३ सीट पाएको नेकपा माओवादी केन्द्रले १० नम्बर क्षेत्रमा बेग्लै उम्मेदवारी दिएको छ ।

सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै काठमाडौं १० मा प्रतिनिधिसभा तर्फ निवर्तमान सांसद तथा पोलिटव्युरो सदस्य अञ्जना विशंखे गठबन्धनका साझा उम्मेदवार कांग्रेसका राजन केसीविरुद्ध उठेकी छन् ।

त्यसतै प्रदेशतर्फ एक नम्बरमा दिलीप महर्जन र २ नम्बरमा गणेश कुँवरले उम्मेदवारी दिएका छन् ।

पार्टीको राम्रो जनमत भएको क्षेत्रमा गठबन्धनले भाग नदिएपछि उनीहरू उम्मेदवार बनेका हुन् ।

उनले गठबन्धनले वार्ता गर्न चाहे नयाँ तरिकाले हुने बताइन् । प्रतिनिधिसभाको क्षेत्र आफूलाई छाड्नुपर्ने नभए स्वच्छ प्रतिस्पर्धा गर्न आफूहरु तयार रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित