Khabar Samachar

मण्डलामा दयाहाङ निर्देशित ‘मितज्यू’

201
VIEWS

दयाहाङ राईको निर्देशनमा ७ वर्षअघि प्रदर्शन भएको नाटक ‘मितज्यू’ आजबाट फेरि प्रदर्शन हुँदैछ। थापागाउँ स्थित मण्डला थिएटरमा नाटकको प्रदर्शन हुने भएको हो।

सोमनाथ खनालको लेखनमा रहेको नाटकलाई विगतमा भन्दा केही परिमार्जनसहित पुनः मञ्चन गर्न लागिएको हो। केही महिनाअघि पुनः मञ्चन गरिएको नाटक नाटक यसअघि कोरोना महामारीको संक्रमणका कारण रोकिएको थियो। त्यसैले, नाटकलाई फेरि आजबाट प्रदर्शन गर्न लागिएको मण्डला थिएटरले जनाएको छ।

नाटकमा बुद्धि तामाङ, विजय बराल र सिर्जना सुब्बाको मुख्य अभिनय रहेको छ। मितेरी साइनोको कथा भन्ने नाटकलाई ७ वर्ष अघिभन्दा केही परिमार्जनसहित प्रदर्शन गर्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित