सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार

204
VIEWS

सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा तीन जनाले गोली प्रहार गरेर भागेका थिए।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले गोली हानेर फरार भएका थिए । उनलाई भारतीय अपराधीले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित