Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडाै मेडिकल हस्पिटल सिनामंगलमा छैटाै (६) दिन धर्ना तथा बिरोध कार्यक्रम निरन्तर

303
VIEWS
काठमाडाै मेडिकल हस्पिटल सिनामंगलमा कार्यरत डाक्टर अमित थापा र काठमाण्डौ मेडिकल कलेज (KMC HOSPITAL ) प्रशासनको लापरबाहीबाट ओम नगर सिनामंगल-९ निवासी स्थानीय ४८ बर्षका शैलेन्द्र बिध्याधरको अनाहकमा ज्यान गएको छ । परिवारको एकमात्र साहारा गुमाउन पुगेका उनका श्रीमती र दुईजना लालाबालाको बिचल्ली हुन पुगि पीडित परिवार मृतकको काजकिरिया गर्नबाट बन्चित भैइ न्यायको लागि सडकमा आएका छन । केएमसि प्रशासनले स्थानीयसङ मानवीय व्यवहार समेत नगरी गैरजिम्मेवार पन देखाएको छ । ९ वडाबासी एक भै पिडितको न्याय प्राप्तीको लागि एकबद्दता, दबाब र धर्नामा सहभागीता भएका छन । हस्पिटल प्रसासनले क्षतिपुर्ती बापत दिएको भन्दा बडी रकम माग भयो भनेर अपबाह फैलाएको पीडित पक्ष बताउछन । सो धर्ना तथा बिरोध कार्यक्रममा स्थानिय टोलबासी ,सामाजिक संघ सस्था , नागरिक समाज तथा राजनीतिक दलहरुको सहभागीता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित