Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपालमा पहिलो पटक भेटियो कोरोनाको एक्सबिबी सब-भेरियन्ट

216
VIEWS

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव-भेरियन्ट (एक्सबिबि) का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ।

यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो।

सोही क्रममा एक्सबिबि सव-भेरियन्ट नेपालमा पहिलो पटक पहिचान गरिएको हो।

मन्त्रालयले तिहारलगायत चाडपर्वमा भिडभाड हुने भएकोले मास्कलगायतको उचित प्रयोग गर्न सबैमा अनुरोध गरेको छ। यो सव-भेरियन्ट तिव्र गतिमा फैलिने सम्भावना रहेको पनि मन्त्रालयको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित