Khabar Samachar

कार्टुन बक्समा सुनको लेपन गरी तस्कारी गरेको आरोपमा विमानस्थलबाट एक पक्राउ

202
VIEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले कागजको कार्टुन बक्समा सुनको लेपन लगाएर तस्कारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करी गरेको आरोपमा ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कसिमलाई पक्राउ गरेको हो। दुबईबाट नेपाल एयरलाइन्सको विमानमार्फत कात्तिक ८ गते काठमाडौं आएका उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनी पक्राउ परेको घटनाबारे बिहीबार मात्रै कार्यालयले सार्वजनिक गरेको हो।

उनले बोकेको कार्टुन बक्समा शंका लागेर च्याती हर्दा कागजको पत्रभित्र सुनको लेपन गरिएको फेला परेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए।

उनका अनुसार उक्त कार्टुनको तौल २ किलो ३५० ग्राम थियो। यस्तै कसिमले मलद्वारमा पनि सुन लुकाएर ल्याएका थिए। उनलाई शौच गराउँदा थप सुन बरामद भएको प्रहरीले जनाएको छ।

उनले सुनलाई अर्धठोस बनाएर दुई वटा पोका लुकाएर ल्याएका थिए। उक्त धातुको तौल ३३१ ग्राम रहेको प्रहरीले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले धातुको परीक्षण गर्दा कार्टुनलाई गलाएपछि सुनको तौल ४२९.८२० ग्राम र दुई वटा पोकालाई गलाएपछि सुनको तौल २५०.८५० ग्राम भएको प्रहरीले जनाएको छ। उनीबाट जम्मा सुन ६८०.६७० ग्राम बरामद भएको हो।

घटनाको अनुसन्धान गर्न प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित