Skip to main content

Khabar Samachar

Search
Close this search box.

मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामचन्द्र खड्का नेकपा एमाले प्रवेश

214
VIEWS

मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामचन्द्र खड्का नेकपा एमाले प्रवेश गरेका छन्।

उनले गत असोज २३ मा उम्मेदवारी दर्ता गरेका थिए।

तर खड्काले मौलिक जरोकिलो पार्टीको साधारण सदस्यसमेत परित्याग गर्दै एमालेमा प्रवेश गरेको घोषणा गरेका छन्।

उनले आफ्नो उम्मेदवारी निस्कृय बनाउँदै नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेललाई समर्थन गर्ने घोषणा गरेका छन्।

साथै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार कृष्णवीर नेपालीले दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार कोमल वलीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन्।

कृष्णवीर जनमुक्ति पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित