Khabar Samachar

राप्रपाले छान्यो ७ समानुपातिक सांसद

212
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकका ७ सांसदहरूको नाम टुङ्ग्याएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र ५ महिलाहरूलाई समेट्दै निर्वाचन आयोगमा नामावली पठाएको हो ।

खस आर्यबाट पशुपतिशम्शेर राणा छनोट हुँदा अर्का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी छुटेका छन् । राणा खस आर्यको पहिलो नम्बरमा र लोहनी दोस्रो नम्बरमा थिए ।

राप्रपाले दुई जना मात्र पुरुष उम्मेदवार छान्न सक्ने अवस्थामा उपाध्यक्ष बुद्धिमान तामाङलाई अवसर दिएको छ ।

खस आर्यमा राणासहित रोशन कार्की र गीता बस्नेत छनोट भएका छन् ।

आदिवासी जनजातिबाट तामाङसहित बिना लामा, मधेसीबाट विना जयसवाल तथा दलितबाट अनिसा नेपाली चयन भएका बुझिएको छ ।

राप्रपाले समानुपातिक सांसदहरूको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित