Skip to main content

Khabar Samachar

Search
Close this search box.

सत्ता गठबन्धनमा महन्थ ठाकुरले मागे मधेसको मुख्यमन्त्री 

207
VIEWS

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । सत्ता गठबन्धनमा रहेको लोसपाले गठबन्धनका नेताहरूसँग मधेस प्रदेशको मुख्यमन्त्री दिन आग्रह गरेको हो ।

स्रोतका अनुसार अध्यक्ष ठाकुरले अन्य ६ वटा प्रदेशमा अरु दलले सरकार बनाउने भएकोले मधेसमा आफूले पाउनुपर्ने दाबी गरेका हुन् । तर, कांग्रेस, माओवादी केन्द्रका नेताहरूले जवाफ भने दिएका छैनन् । मधेसमा आफ्नो पहिलो हक लाग्ने ठाकुरको दाबी छ । गठबन्धनको बलियो साझेदार भएको र मधेस केन्द्रित दलको कारणले मुुख्यमन्त्री पाउनुपर्ने कारणहरू थपेका हुन् ।

लोसपाले सरकारका लागि दाबी गरे पनि गठबन्धनको सरकार बनाउन सहज भने छैन । मधेसमा एमाले नेतृत्वको गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धन दुुवैसँग बहुमत सांसद छैन । त्यसकारण गठबन्धनको सरकारका लागि सीके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ । प्रदेशसभामा १३ जना सांसद जितेको जनमतले एमाले नेतृत्वको गठबन्धन वा कांग्रेस नेतृत्वको गठन्धन जसलाई समर्थन गर्छ त्यसैको सरकार बन्ने स्थिति छ । लोसपा कांग्रेस नेतृत्वको गठबन्धनमा भएका कारण यसले यही गठबन्धनबाट दाबी गरेको हो । त्यसबाहेक जनमत पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । जसले  मुख्यमन्त्री दिन्छ उसैसँग गठबन्धन गर्ने रणनीति जनमत पार्टीले लिएको देखिन्छ । त्यसको असर पनि लोसपालाई पर्न सक्छ ।

केन्द्रीय सरकारमा पनि हिस्सेदारी खोजेका कारण जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री दाबी नगर्न सक्छ । त्यस्तो अवस्थामा पनि ठूलो पार्टी कांग्रेसले लोसपालाई मुख्यमन्त्री स्वीकार्न भने सहज देखिएको छैन । कांग्रेस २२ सिटसहित संसदमा दोस्रो ठूलो दल बनेको छ । तर, लोसपा गठबन्धनको पनि ठूलो दल हो । लोसपा यो गठबन्धनको दोस्रो ठूलो दल हो । उसले ९ सिट ल्याएको छ । अनि, माओवादी ८ र एकीकृत समाजवादीसँग ७ सिट छ । बहुमतका लागि ५४ सिट आवश्यक पर्छ । त्यसैले जनमत पार्टीका १३ मत ल्याउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादीअध्यक्ष प्रचण्डसम्म लागेका छन् । त्यसो त, जसपाले पनि अन्तिममा सत्ता गठबन्धनलाई नै साथ दिन सक्ने संभावना पनि रहेको छ ।

यता, संघीय सरकार बन्दा शरतसिंह भण्डारी वा सर्वेन्द्रनाथ शुक्लामध्ये को मन्त्री हुने  भन्ने  चासो पनि बढेको छ । लोसपापभित्र उनीहरूले मन्त्रीका लागि दाबी गरिरहेका छन् । ४ जना सांसदमध्ये ठाकुर मन्त्री हुने लाइनमा छैनन् । ठाकुरले राष्ट्रपतिको चाहना पनि राखेका छन् । लोसपा स्रोतका अनुसार ठाकुरलाई राष्ट्रपति बनाउने बारे अनौपचारिक चर्चा गठबन्धनमा चल्न पनि थालिसकेको छ । तर, बलियोसँग  लोसपाले  दाबी भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित