Khabar Samachar

Search
Close this search box.

सरकारले ल्याएको अध्यादेश खारेज गर्न १३ पूर्वआइजिपीको अपिल

211
VIEWS

नेपाल प्रहरीका १३ जना पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) हरूले सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन अपिल गरेका छन्।

सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न मिल्ने गरी ल्याएको अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ।

राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न बाँकी रहेका बेला बैठक बसेर पूर्वआइजिपीहरूले उक्त अध्यादेश संविधानको मर्मविपरीत, सर्वोच्च अदालतबाट जारी निर्णय र नजिरहरूको बर्खिलाप र फौजदारी न्याय प्रणालीको विपरीत भएको बताएका छन्।

उनीहरूले भनेका छन्- यसबाट बहालवाला तथा निवर्तमान सुरक्षाकर्मी र निजका परिवारहरूलाई हतोत्साही र निराश बनाएकाले अध्यादेश तत्काल खारेज गर्न जोडदार अपिल गर्दछौं।यसरी अपिल गर्नेहरूमा पूर्वप्रहरी महानिरीक्षकहरू मोतीलाल बोहरा, अच्यूतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, श्यामभक्त थापा, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापा क्षेत्री छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित