Khabar Samachar

Search
Close this search box.

किर्ते हस्ताक्षरमा बैंकबाट ७० लाख झिकेको आरोपमा महन्त दास पक्राउ

203
VIEWS

महोत्तरीको मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठका महन्त जगन्नाथ दास ‘वैष्णव’ पक्राउ गरेका छन् ।

मठमै पुगेर आज बिहान महोत्तरी र रुपन्देहीका प्रहरीले महन्त दासलाई पक्राउ गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी बैंकबाट रुपैयाँ झिकेको आरोपमा महन्त दासलाई पक्राउ गरिएको महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

उनका अनुसार महन्त दासले किर्ते हस्ताक्षर गरी ७० लाख रुपैयाँ झिकेको आरोप छ । सो आरोपमा दासलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि रुपन्देही पठाइसकेको एसपी पंगेनीले बताए ।

दास विवादित महन्त हुन् । मठको कैयौँ बिघा जग्गा बेचेको आरोप पनि उनीमाथि छ । यो विषयमा पनि उनीमाथि अदालतमा मुद्दा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित