Khabar Samachar

उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, चिसोबाट जोगिन आग्रह

201
VIEWS

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईमा हुस्सु र कुहिरो लागिरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको महाशाखाले जनाएको छ।

जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ।

आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू-भागका एक/दुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ।

बुधबार पनि मौसममा समान्य बदली हुने सम्भावना छ। प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बिहीबार भने मौसम आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना न्यून रहेको छ।

देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित