Khabar Samachar

आगामी महाधिवेशनमा शेखरलाई सभापतिमा सघाउने शर्तमा गगन संसदीय दलको नेताको उम्मेदवार

211
VIEWS

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा डा. शेखर कोइरालालाई सर्वसम्मत सभापतिको उम्मेदवार बनाउने शर्तमा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय भएको सांसद सुनिल शर्माले बताएका छन् । संस्थापनइतर समुहको राजधानीमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले महामन्त्री थापालाई सशर्त संसदीय दलको नेताको उम्मेदवार बनाइएको जानकारी दिएका हुन् ।

दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री गगन थापा सहमत भएपछि डा. शेखरले संसदीय दलको दाबी छाडेका छन् ।

आजको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको छ।  यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए ।  थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् ।

महामन्त्री गगन थापाले पनि १५औं महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् । ‘१५औंमा शेखरलाई हाम्रो समूहको उम्मेदवार बनाउने प्रस्ताव गगनजीले नै गर्नुभयो,’ सांसद सुनिल शर्मा भन्छन्, ‘संसदीय दलमा गगन उठाउने र १५औं महाधिवेशनमा सभापतिमा हाम्रो समूहबाट शेखर उम्मेदवार बन्ने निर्णय ग¥यौं ।’ गत वर्ष मंसिरमा भएको १४औं महाधिवेशनमा पनि शेखर नै उम्मेदवार थिए, तर देउवासँग पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित