Khabar Samachar

संसदीय दल नेता छान्न आज बिहान ८ बजेदेखि मतदान, देउवा र थापा प्रतिस्पर्धामा

204
VIEWS

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान हुँदैछ ।

बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ ।संसदीय दलको नेता बन्न उनीहरूले हिजै (मंगलबार) उम्मेदवारी दर्ता गराइसकेका छन्।

 

सहमहामन्त्री भिष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको नेता छान्न आज बिहान ८ देखि १० बजेसम्म मतदान गराउँदै छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ। कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात् आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ। यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन्।

दलको चुनावअघि देउवाका पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा प्रस्तावकसमेत हुन्।

त्यसैगरी, महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन्।

अहिलेसम्मको अवस्थामा देउवाका पक्षमा ५६ र थापाका पक्षमा ३३ जना सांसद देखिएका छन्। तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो। समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ।

कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी हुने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित