Khabar Samachar

शंखरापुर आन्दोलनमा स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि प्रहरीले सुरु गर्‍यो छानबिन

208
VIEWS

काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

शंखरापुर नगरपालिका- ३ बोझेनीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको विद्युतीय सबस्टेसनले विकासका नाममा जनताको थातथलो र आदिभूमि अतिक्रमण गरेको विरोधमा स्थानीय जनताले गरिरहेको आन्दोलनमा पेस्तोल ताकेका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीमाथि प्रहरीले छानबिन सुरू गरेको हो ।

सहकार्यलाई कुल्चेर विकासका नाममा जनतालाई उठिबास लगाउने, कुनै पनि बस्ती, समुदाय वा स्थानको ऐतिहासिकतालाई नै ध्वस्त गर्ने कार्य स्वीकार्य नभएको भन्दै केही दिनअघि भएको आन्दोलनमा  स्थानीयबासीमाथि बौद्ध प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुढाथोकीले कम्मरबाट पेस्तोल निकालेर ताकेको फोटो तथा भिडियोबारे सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । त्यसैबीच बुढाथोकीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर छानबिनको प्रक्रिया अघि बढाइएको प्रवक्ता एसपी मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित