Khabar Samachar

अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो

203
VIEWS

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको राजीनामा माग्दै शुक्रबार बिहान पुत्ला जलाएको छ।

प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि उनीहरूले शिक्षामन्त्री खनालको पुत्ला जलाएका हुन्। निजीलाई पोसेको, गरिब विद्यार्थीको खिलाफमा रहेको आरोप लगाउँदै अनेरास्ववियुले पुत्ला जलाएको हो ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियुको आरोप छ। जनक शिक्षा सामाग्री केन्द्र मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियुको भनाई छ।

शिक्षा मन्त्रालयले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो । पाठ्यपुस्तकको अभाव कम गर्न भन्दै आगामी शैक्षिक सत्र २०८० का लागि पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो। सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रण संस्थालाई सूचीकरण हुन आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित