Khabar Samachar

फुटबलर विशाल राई अस्ट्रेलियातर्फ

209
VIEWS

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी विशाल राई अस्ट्रेलियातर्फ लागेका छन् ।

नेपाली फुटबल खेलाडीहरूको विदेश पलायत बढिरहँदा राई अस्ट्रेलिया उडेका हुन् । उनी खेल्नकै लागि गएको बताइएको छ ।

घरेलु फुटबलमा लामो समयदेखि विवाद र गतिविधि रोकिएको अवस्थामा खेलाडी बाहिरिरहेका छन् ।

विशालले नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ खेल खेल्दै ३ गोल गरेका छन् । मच्छिन्द्र क्लबले लगातार दुई सिजन घरेलु लिग जित्दा विशालको भूमिका महत्वपूर्ण थियो । यो सिजन पनि उनी मच्छिन्द्रबाट खेल्ने तय थियो । विशालले त्यसअघि मनाङ मर्स्याङ्दीबाट पनि घरेलु लिग उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित