Khabar Samachar

भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

214
VIEWS

भारतलाई पराजित गर्दै नेपाली टोली साफ यू २० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद मुस्ताफा स्टेडियममा मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालका लागि अञ्जली चन्दले ४८, प्रीति राईले ६९ र अमिशा कार्कीले ८९औँ मिनेटमा गोल गरे। भारतका लागि अपूर्णा नर्जरीले २१औँ मिनेटमा एक मात्र गोल गरेकी थिइन्।

फाइनल खेल्ने अर्को टोलीको टुङ्गो भने दोस्रो खेलपछि हुनेछ। आजै हुने दोस्रो खेलमा बंगलादेश र भुटान खेल्नेछन्।

खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित