प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा क्षमतावान व्यक्ति नियुक्त हुने बताएका छन्।
गत चैत २४ गतेदेखि राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ, डेपुटी गभर्नर नीलम ढुंगाना कायममुकायम गभर्नरको जिम्मेवारीमा छिन्।
प्रधानमन्त्री ओलीले गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुने बताएका हुन्।
गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।






























Discussion about this post