Khabar Samachar

गोंगबु घटनामा बालाजु र सोह्रखुट्टेका डीएसपीलाई कारबाही सिफारिस

204
VIEWS

यातायात व्यवसायीले गत सोमबार बालाजुमा गरेको प्रदर्शन उग्र बनेर क्षति भएको घटनामा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले बालाजु बृत्तका डीएसपी रविन बिष्ट र सोह्रखुट्टे बृत्तका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो। फागुन २ गति गठित छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएको हो।

बालाजुका डीएसपी बिष्ट भने यसअघि नै त्यहाँबाट तानिएका छन्। सोह्रखुट्टेका डीएसपी भने अझै त्यहीँ कार्यरत छन्।

यातायात मजदुरको आन्दोलनको क्रममा बालाजुमा प्रहरीका दुई वटा गाडी जलाइएको थियो। ४० बढी प्रहरी घाइते भएका थिए।

बालाजुका डीएसपी बिष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा १ झ ७२२४ नम्बरको गाडीमा आगजनी भएको हो।

 

यस्तै ल्होत्से मलमा लुटपाट भएको थियो। यो घटना हुनुमा मुख्य गरी यी दुई बृत्तका डीएसपीको कमाण्ड कमजोरी रहेको छानबिन समितिको निस्कर्ष छ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो।

समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालयकुमार श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल लगायत थिए।

प्रहरीको गाडी आगजनी तथा ल्होत्से मल लुटपाटमा संलग्न ४६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। अझै केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित