Khabar Samachar

सिक्दैछौँ, समर्थन गरिरहनुस् – प्रशिक्षक मोन्टी देसाई

218
VIEWS

नेपाली क्रिकेट टोलीलाई विश्वकप छनोटमा पुर्‍याएपछि प्रशिक्षक मोन्टी देसाईले आफूहरु अझै सिक्ने चरणमै रहेको बताएका छन्।

यूएईलाई ९ रनले हराएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले खेलाडीहरुले टिम गेम खेलेकाले जित सम्भव भएको बताए।

‘खेलाडीहरुले मलाई विश्वास गरे। टिम गेम खेले’, उनले भने, ‘फ्यानहरुको साथ झनै ठूलो थियो। हजारौँ समर्थक आएर हौसला बढाउनु भयो’, उनले भने, ‘हामी अझै सिक्ने चरणमै छौँ, सिक्दै अघि बढ्छौँ। हामी समर्थन गरिरहनुस्।’

उनले आफूहरु अझै नयाँ कुरा सिक्ने यात्रामा रहेको बताए। ‘विश्वकप छनोटमा पनि हामी केही सिक्छौँ’, उनले भने, ‘हामी नयाँ कुरा सिक्न चाहन्छौँ, सिकिरहेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित