Khabar Samachar

सरकारले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्नुपर्छः रवि लामिछाने

203
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । उनले आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको पनि बताए । मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने उनको भनाइ छ ।

 

उनले मिटरब्याज पीडितहरूको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरूको समस्या समाधान गर्ने बताए । सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने उनको भनाइ छ । ‘हाम्रो पार्टी र हामी तपाईहरूको साथमा छौँ, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईहरूको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरू हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरूलाई साथ दिनको लागि हामी आएका हौँ,’ उनले भने, ‘हामी यसबाट लाभ लिन होइन, तपाईहरूको साथमा हामी छौँ । तल्लो वर्गको मानिसलाई जब प्राथमिकतामा राखिन्छ, तब मात्रै समस्या समाधान हुन्छ, मैले मन्त्री बनेर काम गर्दा यस्ता समस्यालाई पहिलो प्राथमिकतामा राखेको थियौँ । पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ । मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरूलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरूलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरूको माग तुरुन्त समाधान गर्नुपर्छ ।’

मिटरब्याज पीडितहरूको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित