काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने जनाएका छन् । १०२ नम्बरमा फोन गरेर यो सेवा लिन सकिने पनि उनले उल्लेख गरेका छन् ।
“काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर फ्री एम्बुलेन्स सर्भिस लिन सक्नुहुन्छ,” उनले फेसबुकमा लेखेका छन्, “यो सुविधा प्रयोग गरेबापत कुनै शुल्क तिर्नपर्ने छैन ।”
Discussion about this post