जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुको एउटै पार्टी नबन्ने बताएका छन् ।
सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए । मोर्चामा आवद्ध जसपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताए ।
यादवकै अनिच्छाका कारण भट्टराई मोर्चामा सहभागी नभएको टिप्पणी भइहरेका बेला बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवबाट यस्तो धारणा आएको हो ।
चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो।’समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले जिकिर गरे । मोर्चा गठनमा बाबुराम भट्टराईको कुनै योगदान नरहेको दाबी गरे । उनले भट्टराई कसरी छुटे भन्नेबारे उनलाई नै थाहा हुने कुरा भएको प्रतिक्रिया समेत दिए ।
Discussion about this post