Khabar Samachar

सय किलो सुन प्रकरण : भन्सार अधिकृत र नायब सुब्बा निलम्बित

203
VIEWS

काठमाडौं- सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ।

भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सुनको भन्सार पासमा उनीहरुको संलग्नता देखिएकाले निलम्बन गरिएको हो। अर्का निलम्बित नायब सुब्बाको भने नाम नखुलेको बताइएको छ।

बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । बरामद भएको सुन १ सय केजी भनिए पनि सुनको परिमाण एकिन भइसकेको छैन। सुनको एकिन परिमाण थाहा पाउन विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो ।

विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित