Khabar Samachar

‘नाङ्गो गाउँ’को गीतमा रोमान्टिक बने दया र मिरुना

204
VIEWS

नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय सर्वाधिक रुचाइएको जोडी हो । यो जोडीले अभिनय गरेको तेश्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा समावेश एक गीत सार्वजनिक भैसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ हंगामा नै मच्चाएको छ । यसैबिच, यसको निर्माणपक्षले फिल्म रिलिजका लागि ३ हप्ता बाँकी रहेको समयमा एक रोमान्टिक गीतको भिडियो छायांकन गरेको छ ।

३ दिन लगाएर चित्लाङका रमणीय स्थानमा खिचिएको भिडियोमा दया र मिरुना रोमान्टिक देखिएका छन् । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिंगेदलको शब्द, सुशान्त गौतमको संगीत छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । निर्देशक लामाले केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने बताए ।
फिल्मका मुख्य २ कलाकार दया र मिरुना अर्को एक फिल्ममा व्यस्त भएकाले यो फिल्मको प्रचारमा समय दिन पाएका थिएनन् । अब, उनीहरुले पूर्ण रुपमा यो फिल्मको प्रचारमा समय दिने निर्मापक्षले बताएको छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ ।

यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित