Khabar Samachar

Search
Close this search box.

‘प्रसाद २’ विवाद : ओएसआर डिजिटलका मालिक पक्राउ, चार दिन हिरासतमा रहने

206
VIEWS

फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन्।

डिजिटल राइटको विवादमा ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरी अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो।

पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको समय म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।ओएसआरले ‘प्रसाद २’ को डिजिटल राइट समेत लिएको थियो।

उक्त चलचित्र स्वदेश तथा विदेशमा प्रदर्शन गरी डेढ करोड रुपैयाँ हानी पुर्‍याएको भन्दै उजुरी परेपछि पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले आइतबार चार दिन थुनामा राखेर अनुसन्धान प्रहरीलाई अनुमति दिएको हो। उनीविरुद्ध निर्माता सुदर्शन बस्नेतले उजुरी दिएपछि शुक्रबार समातिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित