Khabar Samachar

एमालेबाट निर्वाचित रौतहट मौलापुरकी मेयर रिना साह पदमुक्त

206
VIEWS

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह पदमुक्त भएकी छ्न्। मेयरमा निर्वाचित भएर दल त्याग गरेपछि साह पदमुक्त भएकी हुन्।निर्वाचन आयोगले गोरखापत्रमा सूचना प्रकाशन गरेर मेयर साहको पद रिक्त भएको जानकारी दिएको छ।

मंगलबार प्रकाशित सूचना अनुसा ०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भइ नगरपालिकाको मेयरमा जितेकी साह दल परित्याग गरी अन्य दलमा गएकोले पदमुक्त भएकी हुन्।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको आयोगले जनाएको छ।

पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनी एमालेको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद रिक्त भएको जनाएको छ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित