Skip to main content

Khabar Samachar

Search
Close this search box.

चीनका राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान

223
VIEWS

 

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन्।

चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन्।

भेटका क्रममा राष्ट्रपति सी र अमेरिकी समकक्षी जो बाइडेनबीच पनि भेटवार्ता हुने बुझिएको छ।

दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको समाचार एजेन्सीहरूले बताएका छन्।

गत नोभेम्बरमा इन्डोनेसियाको बालीमा सम्पन्न जी–२० को बैठकका क्रममा यी दुई राष्ट्रपतिबीच भेट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित