Skip to main content

Khabar Samachar

Search
Close this search box.

दिदीबहिनीबाट टीका ग्रहण गरेर भाइटीका मनाइयाे

297
VIEWS

यमपञ्चकको पाँचौं तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाइदिएका छन्।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि आज बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको थियाे।

यस दिनमा टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर टीका लगाउने गर्छन्।दिदी बहिनी नहुनेका लागि काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर याे पटक पनि खुलाइएकाे थियाे। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित